बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रत्न र रशिला च्याम्पियन

शनिबार, १८ मंसिर २०७८खेलपाटी संवाददाता
रत्न र रशिला च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । सेनाका रत्नजित तामाङले बाह्रबिसे कप ब्याडमिन्टन अन्तर्गत खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

शनिबार भएको प्रतियोगिताको फाइनलमा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन ।

रत्नले उपाधिसँगै साथै नगद  १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको महिला एकलतर्फको उपाधि सेनाकी रशिला महर्जनले जितिन् । रशिलाले  सेनाकै अमिता गिरीमाथि २१–१६, २१–१६ को जित निकाल्दै उपाधि हात पारेकी हुन् ।

रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
उच्च २० वरीयतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते ।

No description available.

अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।
 
यस अघि आजै भएको सेमिफाईनलमा सेनाका रत्नजितले सेनाकै प्रफुल महर्जनलाई २१–१७, २१–१९ को जित निकाल्दै फाईनल प्रवेश गरेका थिए ।

यस्तै नविनले बरियतामा दोश्रो स्थानमा रहेका एपिएफका दिपेश धामी माथी ९–२१, २१–१५, २१–१६ को जित निकाल्दै रत्नसंगको भेट पक्का गरेका थिए । तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दिपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला एकल तर्फ सेनाकै अमिता गिरी र रशिला महर्जन फाईनल प्रवेश गरे । अमिताले नेपाल पुलिसकी निता लम्साललाई २१–२३, २१–१०, २१–१२ ले तथा रशिलाले सेनाकै अनुमाया राईलाई २१–१४, २१–१४ को समान अन्तरमा पराजित गरे । तृतीय स्थान प्राप्त गर्ने निता र अनुमाया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

यस्तै फाईनल प्रवेश गर्ने क्रममा कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले पनि जित निकाल्यो । उक्त जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गरेका थिए ।

तृतीय हुने सुशिल र बिवेकको जोडी तथा ससिन र सुमितको जोडीले २५/२५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।


भेट्रान्स ४५ बर्ष माथिको खेलमा परफेक्ट फिटनेश क्लबलका संजय कपाली र श्याम लामाको जोडी तथा तनहुका मनबहादुर राना मगर र देव बहादुर थापाको जोडी फाईनल प्रवेश गरे ।

कपाली र लामाको जोडीले बाह्रबिसेका कमल कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१०, २१–१४ तथा राना मगर र थापाको जोडीले बाह्रबिसेकै रविन बोमजन र बेद बहादुर श्रेष्ठको जोडीलाई २२–२४, २१–१२, २१–१२ ले पराजित गरेका थिए ।

जिल्लास्तरिय पुरुष युगल तर्फको स्पर्धामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले फाईनलमा स्थान बनाएका थिए ।

श्रेष्ठद्वयको जोडीले मेलम्चिका किशान दुलाल र राजन श्रेष्ठको जोडीलाई २१–१९, २१–१६ ले तथा गुरुङ्ग र शेर्पाको जोडीले बलेफीका अजय तामाङ्ग र पुलिसका पुर्ण बहादुर थापाको जोडीलाई २०–२२, २१–१४, २१–१९ ले पराजित गरेका थिए ।

Loading ad...
LiNing Ad
रत्न र रशिला च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक