काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले एपीएफविरुद्ध २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा दुबै गोल मार्टिन्स अजयीले गरे ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो पटक शीर्ष लिग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सातदोबाटो आज दोस्रो जितको खोजीमा रहने छ ।
एपीएफ भने पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।
एपीएफले अघिल्ला दुई खेल गुमाएको थियो ।
अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा रहेको छ ।