काठमाडौं । नेपाली यु–१९ महिला फुटबल टिमले राष्ट्रिय महिला टिमसँग मैत्रीपूर्ण खेल खेलेको छ ।
साफ यु–१९ च्याम्पियसीपको तयारीस्वरुप यु–१९ टोलीले सिनियर टिमसँग मैत्रीपूर्ण खेलेको हो ।
साफ यु–१९ च्याम्पियसीप बंगलादेशमा डिसेम्बर ११ देखि २२ तारिखसम्म हुनेछ ।
मैत्रीपूर्ण खेल यु–१९ टिमका लागि अन्तिम छनोटको रुपमा समेत रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१९ च्याम्पियसीपका लागि अन्तिम २३ जना खेलाडी छनोट गर्न लागेको छ ।
राउन्ड रोविनको आधारमा हुने यु–१९ च्याम्पियसीपमा पाँच टिमले सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, श्रीलंका र भारतले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५, तेस्रो खेल भुटानविरुद्ध १७ र राउन्ड रोविनको अन्तिम खेल भारतविरुद्ध १९ तारिखमा मा खेल्नेछ ।
प्रतियोगिताको फाइनल डिसेम्बर २२ तारिखमा हुनेछ ।