काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका केयर टेकर प्रशिक्षक माइकल क्यारिकले क्लब छाडेका छन् ।
प्रिमियर लिग अन्तर्गत आर्सनलविरुद्धको खेलमा ३-२ को जित निकालेपछि क्यारिकले क्लब छाड्ने घोषणा गरेका हुन् ।
ओल गन सोल्सार बर्खास्तमा परेपछि क्यारिक केयर टेकर प्रशिक्षक रहेका थिए ।
युनाईटेड राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिसकेको छ ।
क्यारिकले युनाईटेडमा खेलाडीको रुपमा १२ वर्ष बिताएका थिए । जसमा उनले ५ प्रिमियर लिग उपाधि जितेका थिए ।