काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा टोटेनहमले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
खेलको १२ औं मिनेटमा कानोसले आत्मघाती गोल गरेपछि टोटेनहम १-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहमले १३ खेलबाट २२ अंक जोडेको छ ।
टोटेनहम छैटौं स्थानमा रहेको छ ।
ब्रेन्टफोर्ड १६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।