काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणको दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
फ्रेन्ड्स आज पहिलो जितको खोजीमा हुनेछ ।
फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ ।
थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एपीएफबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
पहिलो पटक शीर्ष लिग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सातदोबाटो आज दोस्रो जितको खोजीमा रहने छ ।
एपीएफ भने पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।
एपीएफले अघिल्ला दुई खेल गुमाएको थियो ।
अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा रहेको छ ।