इलाम । इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको उपाधिको लागि बिबिएफसी दमक र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा श्रीजंगा स्पोर्टिङ क्लबलाई ३–० हराएर दमकले माङसेबुङसंगको उपाधि भेट पक्का गरेको हो ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेलमैदानमा भएको खेलमा दमकलाई जित दिलाउन किस्मत लिम्बुले २ र विकेश लिम्बुले १ गोल गरे ।
खेलको ५ औं मिनेटमा किस्मत लिम्बूले गोल गर्दै दमकलार्ई अग्रता दिलाएका थिए। त्यसपछि खेलको १६ औं मिनेटमा बिकेश लिम्बूले गोल गर्दै अग्रता दोव्वर बनाए ।
खेलको ५२ औं पुनः किस्मत लिम्बूले व्यक्तिगत दोश्रो गोल गरेपछि दमकलाई ३–० ले बिजयी बन्दै फाइनल प्रवेश गरेको हो ।
दमकका किस्मत लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं शुभ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।