काठमाडौं । इंग्लिस प्रिमियर लिगमा कुनै एक टिमले आफ्नो स्वभाविक लय गुमाएको छ भने त्यो टोटनहम हो ।
अहिले त टिममा नयाँ प्रशिक्षक पनि आइसके, सदाबहार र अनुभवी एन्टोनियो कोन्टेका रूपमा । उनी पनि मान्छन्, टोटनहमलाई ‘ब्याक अन ट्रायक’ ल्याउनु नै सबैभन्दा ठूलो चुनौती रहेको छ ।
त्यो भनेको त टिमको स्वभाविक लय नै हो । कोन्टेले टिम सम्हालेको पनि चार साता भएको छ । सुरुमा के के न गर्छु भनेर दाबी गरेका कोन्टेले यति समय बिताएपछि अनुभव गरे, टिममा त धेरै पो समस्या छन् । यस्तोमा धेरै समस्याको समाधान नै सबैभन्दा ठूलो उद्देश्य हुनेछ, उपाधि जित्ने दाबी पछि मात्र गरे हुन्छ ।
गत साता मात्रै टोटनहम स्लोभानियाका खासै नाम नसुनिे क्लब एनएस मुरासँग पराजित रह्यो । कोन्टे जत्तिको प्रशिक्षकका लागि त यो लाजमर्दो हार नै थियो ।
आखिरमा उनले चेल्सी, युभेन्ट्स र इन्टर मिलान सम्हाल्दा त पेस गर्ने चुनौती भनेको उपाधिकै लागि त थियो । तर यस्तै काम टोटनहममा हुने छैन् ।
यस्तोमा कोन्टेले भनेका छन्, ‘हो, मेरो पहिलो काम भनेकै टिमलाई ठीक दिशामा फर्काउनु हो र मलाई यो चुनौती सामना गर्दा कुनै डर पनि छैन् । म चुनौतीमै विश्वास गर्ने प्रशिक्षक हुं ।’
–एएफपीको सहयोगमा ।