काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसकेपछि पीएसजीले एक अंकमा चित्त बुझाएको हो ।
खेल अघि लियोनल मेस्सीको बालोन डी ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो ।
मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी ओर जितेका हुन् ।

यस बराबरीसँगै पीएसजीले १६ खेलमा ४१ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
निस २७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।