काठमाडौं । कुनै समय राफेल बेनिटेजले भनेका थिए, एभर्टन भनेको सानो क्लब हो । त्यति बेला उनी लिभरपुलका व्यवस्थापक थिए ।
सबैलाई थाहा छ, यी दुई क्लब एकै सहरका हुन् र यिनीहरूबीच चर्को प्रतिद्वन्द्वीता छ । अहिले यिनै बेनिटेज घुमिफेरि यही एभर्टन आइपुगेका छन् । एभर्टनको व्यवस्थापकीय जिम्मेवारी उनकै काँधमा छ ।
एभर्टनका समर्थक बेनिटेजको त्यही एक भनाइका लागि अहिलेसम्म पनि उनलाई मन पराउन गर्दैनन् । तर सायद उनले भनेको पनि ठीकै थियो, एभर्टनले यसअघिका सिजनमा जस्तै यसपल्ट पनि केही गर्ने छाँट छैन् । सानै क्लब रहने छ ।
इंग्लिस प्रिमियर लिगमा बुधबार राति एभर्टन घरमै लिभरपुलको हातबाट ४–१ ले पराजित रह्यो । यो जितले जहाँ लिभरपुल उपाधि होडमा कायम रह्यो, त्यहीं एभर्टनमाथि भने रेलिगेसन डर उत्पन्न भएको छ ।
ठ्याक्कै भन्दा एभर्टन झन झन संकटमा फस्दैछ । लिभरपुलविरुद्ध बेहोर्ने हार एभर्टनका लागि अन्य हार भन्दा चर्को हुन्छ ।
एभर्टनको १४ खेलबाट १५ अंक मात्र छ र टिम १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट खालि पाँच अंकको दूरी मात्र हो ।
एभर्टनसँग खेलाडी नभएको पनि होइन, व्यवस्थापक पनि कम्तीमा होइनन् । तर किन हो यो टिमले एक सिजनपछि अर्को सिजन राम्रो गर्न सकिरहेको छैन् । पक्कै समस्या कहींकतै छ ।
–बीबीसीको सहयोगमा ।