काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा मिलानले जिनोआलाई ३-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा जुनियर मेस्सीआसले दुई तथा ज्लाटन इब्राहिमोबीचले एक एक गोल गरे ।
खेलको दशौँ मिनेटमा इब्राहिमोबीचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा जुनियरले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-० को जित दिलाए ।
जितसँगै मिलानले १५ खेलमा ३५ अंक जोडेको छ ।
मिलान अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

अर्को खेलमा नापोली सासोउलोसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
बराबरीमा रोकिएपनि नापोली शीर्ष स्थानमा रहेको छ ।
नापोलीले १५ खेलमा ३६ अंक जोडेको छ ।