काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ ।
बुधबार राति भएको खेलमा सिटीले भिल्लालाई २-१ गोल अन्तरले हराएको हो।
भिल्लाको मैदानमा रुबेन डियासले २७ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेपछि सिटीको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल गरेपनि सिटीले २-१ को जित निकाल्यो ।
यस जितसँगै सिटीले १४ खेलमा ३२ अंक जोडेको छ ।
सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
भिल्ला १६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
