काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमाले निर्णायक गोल गरे ।
खेलको ४० औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको पासमा गोल गरेका हुन् ।

यससँगै रियलले लगातार पाँचौं जित निकालेको छ ।
जितपछि रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
रियलले १५ खेलमा ३६ अंक जोडेको छ ।
बिल्बाओ २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
