रियलको जितमा बेन्जिमा नायक
बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमाले निर्णायक गोल गरे ।
खेलको ४० औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको पासमा गोल गरेका हुन् ।
यससँगै रियलले लगातार पाँचौं जित निकालेको छ ।
जितपछि रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
रियलले १५ खेलमा ३६ अंक जोडेको छ ।
बिल्बाओ २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
रियलको जितमा बेन्जिमा नायक









-1776931409919.jpeg&w=3840&q=75)


