काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई हराएको छ।
बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे ।
वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए ।
वाट्फोर्डको मैदानमा माउन्टले २९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा डेनिसले गोल गर्दै वाट्फोर्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ७२ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
यस जितसँगै चेल्सीले शीर्ष स्थान कायम राखेको छ ।
चेल्सीले १४ खेलमा ३३ अंक जोडेको छ ।
वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।