काठमाडौं । इटालीका एक फुटबल समर्थकलाई खेलकुद इभेन्ट्समा तीन वर्षको प्रतिबन्ध लागेको छ ।
टेलिभिजनमा लाईभ दौरान महिला पत्रकारको नितम्बमा हिर्काएको कारण इटालीको प्रहरीले एक समर्थकलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
ती व्यक्तिले टेलिभिजनमा फुटबलको लाईभ दौरान महिला पत्रकार ग्रेटा बेकाग्लियाको नितम्बमा हातले हानेका थिए ।
इटालियन सिरी ए अन्तर्गत इम्पोलीले फियोरेन्टिनालाई २-१ ले हराएको खेलमा उक्त घटना भएको हो ।
उक्त घटनापछि टोस्काना टेलिभिजनमा कार्यरत बेकाग्लियाले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।