काठमाडौं । सबैले भन्ने गरे जस्तै, विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच एक खाले युद्ध छ, यी दुई खेलाडीमध्ये को बढी राम्रो भनेर ।
पछिल्लो १५ वर्षको बालोन डी ओर अवार्ड यिनै दुई खेलाडीका कारण खुबै रोमाञ्चक रह्यो, कसले पो जित्ने हो भन्ने कौतुलहताका कारण । पूरा अवार्ड यिनै दुई खेलाडीको वरीपरी घुमेको थियो ।
आखिरमा यो यस्तो अवार्ड थियो, जसले एक खास वर्ष मेस्सी र रोनाल्डोमध्ये को राम्रो भनेर छुट्याउने काम गर्थ्यो । अहिले दुवै खेलाडी आफ्नो खेल जीवनको अन्त्यतिर पुगिसकेका छन् ।
कम्तीमा यही अवार्डलाई लिएर यी दुई खेलाडीबीच चल्ने होड पनि अन्त्यतिरै पुगेको छ । सायद अब यो होड दोहरिने पनि छैन् ।
भर्खरै मेस्सीले यो प्रतिष्ठित अवार्ड सातौं पटक जिते । त्यसका लागि भएको मतदानमा रोनाल्डो छैटौं स्थानमा आए ।
यस्तोमा भन्न सकिन्छ, मेस्सीले रोनाल्डोमाथि एउटा युद्ध जितेका छन् र पछि सबैले भन्ने छन्, मेस्सीले रोनाल्डोको तुलनामा बढी बालोन डी ओर उपाधि जितेको थियो ।

युभेन्ट्स छाडेर इंग्ल्यान्ड गएयता रोनाल्डोको प्रदर्शन त ठीक छ । तर, उनको म्यानचेस्टर युनाइटेडले कुनै उपाधि जित्ने छाँट छैन् ।
मेस्सीलाई लिएर कम्तीमा भन्न सकिन्छ, उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि त केही न केही पक्कै जित्ने छन् । मेस्सीको खेल पनि ठिकै छ ।
कुनै ठूलो अद्धितीय प्रदर्शन बाहेक मेस्सी र रोनाल्डो दुवै फेरि यो अवार्ड थाप्ने छैनन् । मेस्सी सधैं अवार्डको मामिलामा रोनाल्डोको तुलनामा अगाडि नै रहने छन् ।
–मार्काको सहयोगमा ।