लिभरपुलका पूर्व मिडफिल्डर केनेडीको निधन
२०२१ डिसेम्बर १, बुधबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका पूर्व मिडफिल्डर रे केनेडीको निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित केनेडीको ७० वर्षको उमेरमा निधन भएको हो ।
केनेडीले इंग्ल्यान्डका लागि १७ खेलमा ३ गोल गरेका थिए ।
उनले क्लब फुटबलमा लिभरपुल र आर्सनलबाट खेलेका थिए ।
केनेडीले एनफिल्डमा ३ सय ९३ खेल खेल्दा ७२ गोल गरेका थिए ।
लिभरपुलका लागि उनले पाँच लिग र तीन युरोपियन उपाधि जितेका थिए ।
आर्सनलका लागि केनेडीले २ सय १२ खेलमा ७१ गोल गरेका थिए ।
लिभरपुलका पूर्व मिडफिल्डर केनेडीको निधन