काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले साँघुरो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
लिड्सको जितमा राफिन्हाले निर्णायक गोल गरे ।
राफिन्हाले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गरे ।

यस जितसँगै लिड्सले १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
क्रिस्टल १६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
अर्को खेलमा न्युकासल र नर्विचले १-१ गोलको बराबरी खेलेको छ ।
१० अंक जोडेको नर्विच १८ औं स्थानमा रहेको छ ।
न्युकासल ७ अंक जोडेर पुछारमा रहेको छ ।