काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा अफसाइड रहेपछि चिलिनीको गोलले मान्यता पाएन ।

त्यसपछि खेलको ७० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।
यस जितसँगै युभेन्ट्सले १५ खेलमा २४ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।
