इलाम । इलामको माङसेबुङमा जारी १४ औ संस्करणको आत्मानन्द कपमा फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ ।
तेश्रो क्वाटरफाइनल खेलमा झापा–११ लाई १–० गोल अन्तरले हराउँदै पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । पाँचथरको जितमा ५५ औं मिनेटमा दिनेश लिम्बुले निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बु घोषित भएसँगै नगद ५ हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत आज (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजंगा स्र्पोटिङ क्लब मोरङ विच हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सवको अवसरमा मंसिर ११ गतेबाट सुरु भएको प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको फाइनल मंसिर १७ गते हुनेछ ।