काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
युनाईटेडले सोमबार जर्मन प्रशिक्षक राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
युनाईटेडले यस सिजनको अन्तिमसम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो ।
ओल गन सोल्सारलाई बर्खास्त गरेयता युनाईटेड प्रशिक्षक विहीन रहेको थियो ।
क्लब फुटबलमा निकै सफल प्रशिक्षकमा पर्छन् राङनिक । यी ६३ वर्षीय प्रशिक्षकको मुख्य विशेषता हो, तीव्र गतिमा खेलाउने हो ।
यी फुटबलका विद्वान पनि हुन्, उनलाई उत्कृष्ट थिंक ट्यान्क पनि भनिन्छ । त्यसैले धेरैका लागि उनी फुटबलका प्रोफेसर हुन्, जसको संगत मात्र गर्दैमा धेरै थोक सिक्न सकिन्छ ।