बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘आर्मी जस्तो टिमलाई विदेशी खेलाडी चाहिदैन’ 

सोमबार, १३ मंसिर २०७८खेलपाटी संवाददाता
‘आर्मी जस्तो टिमलाई विदेशी खेलाडी चाहिदैन’ 

army f.jpg

Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिमको प्रर्दशन खस्कदो छ ।

लिगमा दोस्रो चरणको खेलको समाप्तिमा विभागीय टिम पुलिस र एपीएफका प्रशिक्षकले घरेलु लिगमा राम्रो गर्न विदेशी खेलाडीमा जोड दिदै आएका छन् । 

विभागका खेलाडीलाई समावेश गर्दै घरेलु फुटबलमा जम्दै आएका पुलिस र एपीएफ भने पछिल्लो समय विदेशी खेलाडीको अनुबन्धको माग जोड तोडका साथ उठाउँदै आएका छन् । 

उनीहरुको दाबी छ, ‘महिनामा २२ हजार तलब खाने विभागका जवान र महिनामा २ लाख तलब खाने खेलाडीको तुलना हुदैन ।’ 

यो भन्दा बाहिर निस्किएर दुवै टिमका प्रशिक्षक विभागीय टिमले विदेशी खेलाडी राख्न ढिला गर्न नहुने बताएका छन् ।

उनीहरुको जोड अब शीर्ष डिभिजनको लिगमा टिक्ने र नतिजा निकाल्ने हो भने विदेशी खेलाडी अनुबन्ध गर्न पर्छ । 

तर विभागको चेन अफ कमान्ड, मान, प्रतिष्ठा र स्रोतले विदेशी खेलाडी राख्न विभागीय टिमलाई सहज भने छैन । 

विभागीय टिमको भिडमा आर्मीका प्रशिक्षक नविन न्यौपाने भने आफ्नो टिममा विदेशी खेलाडीको आवश्यकता नभएको बताउँछन् । 

दोस्रो चरणको लिगमा मछिन्द्रविरुद्ध बराबरी खेलेपछि प्रशिक्षक न्यौपानेले भने, ‘आर्मी जस्तो टिमलाई विदेशी खेलाडी चाहिदैन ।’ 

आर्मी लिगको उपाधि दाबेदार टिम हो । साविक विजेता मछिन्द्रविरुद्ध सोमबार आर्मीले उत्कृष्ट प्रर्दशन गर्यो । तर गोल आर्मीको पनि निस्किरहेको छैन । पहिलो खेलमा पुलिसविरुद्ध १–१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा गोल रहित बराबरीमा चित्त बुझायो । 

मछिन्द्रविरुद्ध आर्मीको आक्रमण अझ फितलो देखिन्थ्यो । आर्मीले मछिन्द्रविरुद्ध कुनै खतरनाक आक्रमण समेत बुन्न सकेन । फरवार्ड लाईनमा समस्या देखिएपनि प्रशिक्षक न्यौपाने घरेलु लिगमा आर्मीलाई विदेशी खेलाडी नचाहिने बताउँछन् । 

न्यौपानेले भने, ‘विदेशी खेलाडी ल्याउन कोशिश गरिरहेको हो । आफ्नै खेलाडीपनि समक्ष छन् । विदेशी खेलाडी आर्मीको टिमलाई चाहिदैन जस्तो लाग्छ ।’ 
गोलकिपर विकेश कुथु अस्थायी (करार)को रुपमा आर्मीबाट खेल्छन् । भर्खरै जगजित श्रेष्ठ अष्ट्रेलियाबाट खेल्न आएका छन् ।
राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी जगजित बाहिर बस्छन्, तर घरेलु फुटबल खेल्न नेपाल आईरहन्छन् । गत सिजन उनी मनाङमा थिए । यस सिजन आर्मीसँग जोडिए । 

‘जगजित आर्मीमा अनुकुल बन्न खोजिरहेका छन् । आर्मीको गति अनुसार खेल्न सकिरहेका छैनन् । उनलाई समेत आर्मी जस्तो बलियो टिमबाट प्रमाणित गर्ने अवसर हो ।’ मछिन्द्रको खेलपछि प्रशिक्षक न्यौपानेले भने ।

विभागीय टिमले बाहिरका खेलाडीलाई कमै अनुबन्ध गर्छ । स्रोतको अभावका कारण विभागभित्रकै खेलाडीलाई क्लबले तयार गर्दै आएका छन् । राम्रा खेलाडीको बाहिर राम्रो माग हुने भएकाले विभाग भित्रकै खेलाडी समेत जागिर छाडेर ठुला लगानीका क्लबमा अनुबन्ध हुने क्रम बढेको छ । 

सोमबार मछिन्द्रविरुद्ध बराबरीको नतिजापछि प्रशिक्षक न्यौपानेले सन्तुष्ट भावमा असन्तोष व्यक्त गरिरहेका थिए ।  
‘धेरै राम्रो फुटबल खेल्यौं । रक्षात्मक रुपमा राम्रो खेल्यौं । त्यही अनुसार फरवार्डमा खेल्न सकेनौं ।’ उनले भने । 
न्यौपानेले आर्मीमा मुख्य समस्या गोल गर्नमा देखिएको बताए । उनले फरवार्ड नवयुग श्रेष्ठको अभाव टिममा देखिएको बताए । 

नवयुगले चोटका कारण यस सिजनको लिग गुमाउनेछन् । त्यही नवयुगको चोट आर्मीका लागि महङ्गो पर्ने देखिन्छ । फरवर्ड लाईनमा कप्तान भरत खवास पनि अब्बल देखिएका छैनन् ।

न्यौपानेले ठुलो टिमसँग अंक जोड्नु उपलब्धिको रुपमा ब्याख्या गरे । मछिन्द्रसँग बराबरी खेल्नुमा उनले सन्तोष ब्यक्त पनि गरे । 

‘स्कोरमा समस्या छ । अभ्यास यसैमा केन्द्रित गरेका छौं । अब खेलाडीमा पनि भर पर्छ । खेलमा गोल देखिएको छैन ।’ उनले भने, ‘गोल निस्कदैन भने उपाधिको कुरा गर्नुको औचित्य हुदैन ।’ 
 

Loading ad...
LiNing Ad
आर्मी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते