• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधि दाबेदार मछिन्द्र र आर्मीको बराबरी
खेलपाटी संवाददाता
सोमबार, मंसिर १३, २०७८ खेलपाटी संवाददाता
उपाधि दाबेदार मछिन्द्र र आर्मीको बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टिम गोल गर्न भने चुकेको थियो।

अघिल्लो पटकको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० ले हराएर उपाधि चुमेको थियो ।

दशौँ मिनेटमा विशाल राईलाई फउल गरेपछि पाएको फ्रिकिकमा डिफेन्डर ओमिलाजा करिमको प्रहार फ्रेममा परेन ।

खेलको २६ औं मिनेटमा मछिन्द्रले गोलको अवसर गुमायो । रञ्‍जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । सोहि रिबाउन्ड बलमा सुनिल बलको प्रहार पनि विकेशले बचाए । त्यसपछि आर्मीका सन्तोष तामाङले गोललाइनबाट बल क्लियर गरेका थिए ।

आर्मीका कप्तान भरत खवासले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाटको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे ।

मछिन्द्रका विशाल राईको कर्नरमा ६६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार फ्रेममा पर्न  सकेन ।

यस बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो।

आर्मीको यो लगातार दोस्रो बराबरी हो । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।  आर्मीले २ खेलमा २ अंक जोडेको छ ।

खेलमा आर्मीका सेसहाङ आङ्देम्बे म्यान अफ दि म्याच चुनिए ।

के भन्छन् प्रशिक्षक ?

मछिन्द्र एफसीका प्रशिक्षक प्रवेश कटवालले टिममा सेन्टर फरवार्डको कमी रहेको बताएका छन् । धेरै संख्यामा फरवार्ड राखेर चर्चामा आएको मछिन्द्रका प्रशिक्षक कटवालले टिममा अझै फरवार्डकै अभाव रहेको बताए । 

सोमबार आर्मीविरुद्धको खेलपछि पत्रकारमाझ कटवालले भने, ‘फरवार्डकै कमी भयो । टिममा सेन्टर फरवार्डको अभाव देखियो ।’

प्रशिक्षक कटवालका अनुसार सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण एक महिना मैदान बाहिर रहनेछन् । सुब्बालाई मछिन्द्रले सेन्टर फरवार्डको रुपमा क्लबमा अनुबन्ध गरेको थियो । 

प्रशिक्षक कटवालले आफ्नो मु्ख्य समस्या फरवार्ड लाईनमै रहेको बताए । 

कटवालका अनुसार रेजिन एक महिना मैदान बाहिर छन् । चोटबाट फर्किएका बिमल घर्तिमगर पूर्ण रुपमा फिट भैसकेका छैनन् । विदेशी खेलाडी नुर्लान समेत पर्फेक्ट फरवार्ड पोजिसनका हैनन् । 

अभिषेक रिजालले अभ्यासमा राम्रो गरेका छन्, तर खेलमा त्यो देखिन पाएको छैन । 

‘अभ्यास अनुसारको प्रर्दशन गर्न अभिषेकलले सकेका छैनन् । उनमा आत्मविश्वासमा कमि देखिन्छ ।’ कटवालले भने । 
यस सिजनको लिगका मुख्य दुई दाबेदार मछिन्द्र र आर्मी लिगको दोस्रो चरणमा भेट गरेका थिए । दुवैले दशरथ रंगशालामा गोल रहित बराबरी खेल्दै अंक बाँडे ।

‘ठुलो खेल थियो । दुवै टिम उपाधिका लागि दाबेदार थिए । तर तीन अंक हासिल गर्न सकिएन । प्राप्त अवसर सदुपयोग पनि भएन ।’ प्रशिक्षक कटवालले भने । 

प्रशिक्षकका अनुसार मछिन्द्रले आर्मीविरुद्ध क्षमता अनुसारको खेल्न सकेन । खेलाडीले अपेक्षा अनुसारको प्रर्दशन विभागीय टिमविरुद्ध गर्न सकेनन् । 

‘आर्मी आफैमा बलियो टिम हो । क्षमता अनुसारको खेलाडीले खेल्न सकेनन् ।’ उनले भने, ‘आर्मीविरुद्ध खेल्न सधै गाह्रो हुन्छ । आर्मीले मछिन्द्रविरुद्ध अझ उत्कृष्ट खेल्यो ।’ 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP