बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधि दाबेदार मछिन्द्र र आर्मीको बराबरी

सोमबार, १३ मंसिर २०७८खेलपाटी संवाददाता
उपाधि दाबेदार मछिन्द्र र आर्मीको बराबरी
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टिम गोल गर्न भने चुकेको थियो।

अघिल्लो पटकको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० ले हराएर उपाधि चुमेको थियो ।

दशौँ मिनेटमा विशाल राईलाई फउल गरेपछि पाएको फ्रिकिकमा डिफेन्डर ओमिलाजा करिमको प्रहार फ्रेममा परेन ।

खेलको २६ औं मिनेटमा मछिन्द्रले गोलको अवसर गुमायो । रञ्‍जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । सोहि रिबाउन्ड बलमा सुनिल बलको प्रहार पनि विकेशले बचाए । त्यसपछि आर्मीका सन्तोष तामाङले गोललाइनबाट बल क्लियर गरेका थिए ।

आर्मीका कप्तान भरत खवासले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाटको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे ।

मछिन्द्रका विशाल राईको कर्नरमा ६६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार फ्रेममा पर्न  सकेन ।

यस बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो।

आर्मीको यो लगातार दोस्रो बराबरी हो । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।  आर्मीले २ खेलमा २ अंक जोडेको छ ।

खेलमा आर्मीका सेसहाङ आङ्देम्बे म्यान अफ दि म्याच चुनिए ।

के भन्छन् प्रशिक्षक ?

मछिन्द्र एफसीका प्रशिक्षक प्रवेश कटवालले टिममा सेन्टर फरवार्डको कमी रहेको बताएका छन् । धेरै संख्यामा फरवार्ड राखेर चर्चामा आएको मछिन्द्रका प्रशिक्षक कटवालले टिममा अझै फरवार्डकै अभाव रहेको बताए । 

सोमबार आर्मीविरुद्धको खेलपछि पत्रकारमाझ कटवालले भने, ‘फरवार्डकै कमी भयो । टिममा सेन्टर फरवार्डको अभाव देखियो ।’

प्रशिक्षक कटवालका अनुसार सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण एक महिना मैदान बाहिर रहनेछन् । सुब्बालाई मछिन्द्रले सेन्टर फरवार्डको रुपमा क्लबमा अनुबन्ध गरेको थियो । 

प्रशिक्षक कटवालले आफ्नो मु्ख्य समस्या फरवार्ड लाईनमै रहेको बताए । 

कटवालका अनुसार रेजिन एक महिना मैदान बाहिर छन् । चोटबाट फर्किएका बिमल घर्तिमगर पूर्ण रुपमा फिट भैसकेका छैनन् । विदेशी खेलाडी नुर्लान समेत पर्फेक्ट फरवार्ड पोजिसनका हैनन् । 

अभिषेक रिजालले अभ्यासमा राम्रो गरेका छन्, तर खेलमा त्यो देखिन पाएको छैन । 

‘अभ्यास अनुसारको प्रर्दशन गर्न अभिषेकलले सकेका छैनन् । उनमा आत्मविश्वासमा कमि देखिन्छ ।’ कटवालले भने । 
यस सिजनको लिगका मुख्य दुई दाबेदार मछिन्द्र र आर्मी लिगको दोस्रो चरणमा भेट गरेका थिए । दुवैले दशरथ रंगशालामा गोल रहित बराबरी खेल्दै अंक बाँडे ।

‘ठुलो खेल थियो । दुवै टिम उपाधिका लागि दाबेदार थिए । तर तीन अंक हासिल गर्न सकिएन । प्राप्त अवसर सदुपयोग पनि भएन ।’ प्रशिक्षक कटवालले भने । 

प्रशिक्षकका अनुसार मछिन्द्रले आर्मीविरुद्ध क्षमता अनुसारको खेल्न सकेन । खेलाडीले अपेक्षा अनुसारको प्रर्दशन विभागीय टिमविरुद्ध गर्न सकेनन् । 

‘आर्मी आफैमा बलियो टिम हो । क्षमता अनुसारको खेलाडीले खेल्न सकेनन् ।’ उनले भने, ‘आर्मीविरुद्ध खेल्न सधै गाह्रो हुन्छ । आर्मीले मछिन्द्रविरुद्ध अझ उत्कृष्ट खेल्यो ।’ 

 

Loading ad...
LiNing Ad
मछिन्द्र र आर्मीको बराबरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते