काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
मछिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो ।
आर्मी भने पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।