काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका छन्।
पहिलो हाफमा दुबै टोलीले पाएको केहि अवसर गुमाएका थिए ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
ब्रिगेड लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा रहेको छ ।