काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेल र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो ।
पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।