काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
वुल्फबर्गको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा वोउट वेघोर्ट्सले गोल गर्दै वुल्फबर्गलाई सुरुआती अग्रता दिलाएका थिए ।
इम्री क्यानले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५५ औं मिनेटमा मालेनले गोल गर्दै डर्टमण्डलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई ३-१ को जित दिलाए ।
चोटबाट मुक्त हुँदै खेलमा फर्किएका हालाण्डले कीर्तिमान समेत बनाए ।
हालाण्डले बुन्डेसलिगामा ५० गोल पूरा गर्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाए । उनले २१ वर्ष १ सय २९ दिनमा ५० गोल पूरा गरेका हुन् ।
हालाण्डले ५० खेलमा ५० गोल पूरा गरेका हुन् ।