बायर्नको साँघुरो जित
आइतबार, १२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले अर्मिनियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा लोरी सानेले निर्णायक गोल गरे ।
सानेले खेलको ७१ औं मिनेटमा थोमस मुलरको पासमा निर्णायक गोल गरे ।
जितसँगै बायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बायर्नले १३ खेलमा ३१ अंक जोडेको छ ।
अर्मिनिया ९ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।











-1776931409919.jpeg&w=3840&q=75)
