काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेनेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा हाकन काल्हानोग्लु र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा हाकनले गोल गर्दै इन्टरलाई १-० गोलको अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
यस जितसँगै इन्टरले १४ खेलमा ३१ अंक जोडेको छ । इन्टर तेस्रो स्थानमा उक्लिएको छ ।
भेनेजिया १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।