एजेन्सी । बार्सिलोनाले खेलको अन्तिम समयमा दुई गोल गर्दै स्पेनिस लिगमा भिल्ला रियललाई हराएको छ ।
शनिबार राति घरेलु टोली भिल्ला रियलमाथि बार्सिलोनाले ३–१ को जित निकालेको हो ।
फ्रेन्की डि जोङले नजिक कोणबाट गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । भिल्ला रियलका स्यामुअल चुक्केन्जेले ७६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ मेम्फिज डिपेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फिलिप कौटिन्होले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए ।
यस सिजन बार्सिलोनाले ७ खेलमा जित दर्ता गरेको छ । बार्सिलोना शीर्ष चारको क्लब एट्लेटिको मड्रिड भन्दा ३ अंकले र शीर्ष स्थानको रियल मड्रिड भन्दा ७ अंकले पछि छ ।
नयाँ प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोना अपराजित रहेको छ । बार्सिलोनाले सन् २०२१ को मे पछि पहिलो पटक अवे खेलमा जित निकालेको हो ।
बार्सिलोना २३ अंक सहित सातौं स्थानमा छ । भिल्ला रियल १६ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।