काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
आज जावलाखेल पहिलो जितको खोजीमा हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो ।
पुलिस पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।