काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे ।
घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुलको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ५२ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।
जितसँगै लिभरपुलले १३ खेलमा २८ अंक जोडेको छ । लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ ।
साउथह्याम्पटन १४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
