काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
जितसँगै आर्सनलले १३ खेलमा २३ अंक जोडेको छ ।
आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ ।
न्युकासल ६ अंक जोडेर पुछारमा रहेको छ ।
&w=707&quality=100)