रेलिगेशनबाट जोगिने फ्रेन्ड्सको लक्ष्य

काठमाडौं । घरेलु लिग संघारमा छ । यस पटकको लिग केहि फरक स्वाद सहित आउदैछ । ‘विकेन्ड’मा खेल । फ्लड लाइटको मज्जा । अझ चिया र कफी खादै लिगको मज्जा यस पटक घरेलु दर्शकले लिन पाउनेछन् ।
कोभिडले गत वर्ष लिग हुन पाएन । सायद त्यसैले पनि होला, यस पटक क्लबहरुले लिगका लागि राम्रो तयारी गरेका छन् । दुई क्लब रेलिगेशनमा झर्ने भएपनि क्लबमाथि दबाब पनि बढेको छ । यस पटक उपाधिको रोमाञ्चकता मात्र रहने छैन, रेलिगेशन जोनमा समेत सबैको नजर हुनेछ ।
ललितपुरको पुरानो क्लब फ्रेन्ड्स क्लब कुपन्डोल आसन्न लिगमा त्यही रेलिगेशनबाट माथि उठ्न कोशिश गर्नेछ । यसको लक्ष्य यस सिजन रेलिगेशनबाट बच्ने र सके जति माथि उक्लिने हो । त्यो भनेको चौथों स्थानसम्म पुग्ने हो । दुई टिम रेलिगेशनमा झर्ने भएपनि दबाब सबै क्लबमा छ । त्यो फ्रेन्ड्समा समेत देखिन्छ । तर टिमका प्रशिक्षक र खेलाडी त्यो दबाबलाई झेल्दै टिमलाई माथि पुर्याउने धारणा राख्छन् ।
‘तयारी ठिक छ । सुरुमा टिमलाई रेलिगेसनबाट बचाउने अनि त्यसपछि वरीयतामा कम्तिमा चौथो, पाँचौ अनि छैठौसम्म आउने आशा राखेका छौ ।’ फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्र भन्छन् ।
२०३६ सालदेखि 'ए' डिभिजन लिग खेल्न थालेको फ्रेन्ड्सले हालसम्म उपाधि जित्न सकेको छैन । उसको उपलब्धि भनेको पाँच पटक उपविजेताको रुपमा रहनु हो ।

फ्रेन्ड्सले त्रिभुवन च्यालेन्ज शिल्ड तीन पटक, विरगंज गोल्ड कप दुई पटक तथा एक–एक पटक राष्ट्रिय लिग, तिलोतमा गोल्डकप, शुभ जन्मोत्सव कप, सनमुन कप तथा बर्थडे गोल्डकपको उपाधि हात पारेको छ ।
यस पटक सिंगल राउण्ड रोबिन र दुईवटा क्लब रेलिगेशनमा झर्ने भएनि प्रशिक्षक मिश्रमाथि दवाव पनि उत्तिकै छ ।
‘सिंगल लिग र डबल लिगमा धेरै फरक पर्छ । डबल लिगमा एउटा खेल हारेपनि अर्को खेलमा सोही टिमविरुद्ध कमब्याक गर्ने मौका हुन्छ । तर सिंगलमा एउटा खेल खेल्यो भने जित हारको नतिजा आउछ ।’ मिश्रले भने ।
फ्रेन्ड्स क्लबको २५ जनाको टोलीमा राष्ट्रिय टिमबाट खेलेका केवल प्रकाश बुढाथोकी मात्र छन् । अरु उमेर समूह र विदेशबाट आएका खेलाडी छन् ।
प्रशिक्षक मिश्र भने टिमले आसन्न लिगमा कडा चुनौती पस्किने दाबी गर्छन् ।
‘खेलमा त गोलनै गर्ने हो । यस पटक कुनै टिममा राष्ट्रिय खेलाडी भरिभराउ छन्, कुनैमा एक दुई जना राष्ट्रिय खेलाडी र एक दुई जना नयाँ खेलाडी रहेका छन् । तर हाम्रो सबै क्लबसँग कडा प्रतिस्पर्धा हुनेछ ।’ उनले थपे ।
मिश्रले नेतृत्व गरेको क्लबको उदेश्य भनेको गोल गर्ने अनि अग्रतालाई बचाईराख्ने हो । सिंगर राउण्ड रोबिनको लिग भएपनि हप्तामा एक मात्र खेल हुनाले मिश्रलाई खुसी लागेको छ । खेलाडीलाई फिट राख्न तथा घाइते खेलाडीलाई निको हुन समय मिल्नेमा उनी दंग छन् ।
‘हप्तामा तीन दिन मात्र लिग हुनु सजिलो हो । हप्ताको अन्त्यमा गरेको ठिकै छ । र यहीनै हुनुपर्छ । फिफाको नियम अनुसार ४८ घण्टाको आराम हुनुपर्छ । घाइते भएका राम्रा खेलाडीलाई ठिक हुन समय मिल्नेछ ।’ उनले भने ।

यस पटक क्लबको कप्तान फेरिएका छन् । र आएका छन्, प्रकाश बुढाथोकी । राष्ट्रिय टिम र घरेलु लिगका प्रभावशाली मिडफिल्डरले यस सिजन फ्रेन्ड्सलाई नयाँ गन्तव्यको रुपमा हेरेका छन् ।
कप्तान बुढाथोकी पनि टिमको तयारी राम्रो भएको बताउँछन् । उनका अनुसार टिम व्यवस्थित बनेको छ र लिगमा उत्कृष्ट चुनौती पस्किन सक्षम छ ।
‘म आउने भएपछि सोही अनुसारको टिम बनाएको हो । विदेशी खेलाडी पनि राम्रा छन् । शीर्ष चारदेखि छैठौंसम्म आउने आशा छ ।’ बुढाथोकीले भने ।
प्रशिक्षक मिश्र र सल्लाहकार बाल गोपाल महर्जनसँग अभ्यास गर्न पाउनुले पुरै टिमको आत्मविश्वास बढेको बुढाथोकी बताउँछन् ।

फ्रेन्ड्सको टिम :
गोलरक्षकः राहुल रामचन्द्र यादव, देव लिम्बु, आशिष मगर
मिडफिल्डर : प्रकाश बुढाथोकी (कप्तान), अनिल महर्जन, विकास लामा, विकास लामा आले, संजोग महर्जन, सुशिल लामा, यदु सिलवाल, नाथेनियल जुडे गार्सिया
डिफेन्डरः असिम भुषाल, निशेन सुब्बा, सुरज विश्वकर्मा, सुरज गुरुङ, प्रेम बहादुर भण्डारी, सुनिल धामी, रोनेल एन्थनी पल, सकल रेग्मी, राज कुमार पण्डित
फरवार्डः जोमुअल एन्थनी फ्रान्कोइस, प्रिजेन तामाङ, शक्ति राई, तपन कार्की, शशील कुमार थापा
मुख्य प्रशिक्षक : मृगेन्द्र प्रसाद मिश्र
प्रशिक्षक : रमेश महर्जन
टेक्निकल एडभाईजर : बालगोपाल महर्जन
टिम व्यवस्थापक : अरविन्द्र सिंह, सहायक साजन श्रेष्ठ









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


