वेस्ट इन्डिजले पाकिस्तानको भ्रमण गर्ने निश्चित
बिहिबार, कार्तिक १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजले डिसेम्बरमा एकदिवसिय र टी–ट्वान्टी क्रिकेट श्रृङखलका लाागि पाकिस्तानको यात्रा गर्ने सुनिश्चित गरेको छ ।
वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध डिसेम्बर १३ देखि २२ तारिखसम्म तीन टी–ट्वान्टी र तीन एकदिवसिय खेल्नेछ ।
एकदिवसिय खेल सन् २०२३ मा हुने विश्वकपको विश्व सुपर लिग अन्तर्गतको हुनेछ ।
सबै खेल कराँचीमा हुने तय भएको छ ।
पछिल्लो समय न्यूजिल्यान्ड र इंग्ल्यान्डले पाकिस्तानको भ्रमण रद्द गरेपछि यस श्रृङखलालाई लिएर समेत आशंकाहरु गरिन थालिएको छ ।
यस अघि वेस्ट इन्डिजले सन् २०१८ मा तीनवटा टी–ट्वान्टी खेलका लागि पाकिस्तानको भ्रमण गरेको थियो ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

