राहुल द्रविड मुख्य प्रशिक्षक नियुक्त
बुधबार, कार्तिक १७, २०७८खेलपाटी संवाददाता
काठमाडौं । राहुल द्रविड भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले पूर्व कप्तान द्रविडलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
न्यूजिल्यान्डविरुद्ध क्रिकेट श्रृङखला भारतले द्रविडको प्रशिक्षणमा खेल्नेछ ।
बिसिसिआईले अक्टोबर २६ मा वर्तमान प्रशिक्षक रवी शास्त्रीको स्थानका लागि मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
शास्त्री आईसीसी टी–ट्वान्टी विश्वकपसम्मका लागि भारतीय टोलीको प्रशिक्षक रहनेछन् ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

