काठमाडौं । तुलसीपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार हेटौडा उपमहानगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुआत गरेको हो ।
तुलसीपुरको जितमा ममता पुन मगर र मेनुका आले मगरले एक एक गोल गरिन् ।
जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ ।
हेटौडाको लगातार दोस्रो हार हो । हेटौडा प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।