काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा लोरेन्जो इन्सीनीएले दुई गोल गरे । फाबियन रुईजको नाममा एक गोल रह्यो ।
खेलको १८ औं मिनेटमा फाबियनको गोलबाट नापोलीले सुरुआती अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६२ औं मिनेटमा लोरेन्जोले पेनाल्टीबाट अर्को गोल थप्दै नापोलीलाई ३-० को जित दिलाए ।
यस जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
नापोलीले १० खेलमा २८ अंक जोडेको छ ।
बोलोग्ना १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।