काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३७ औं मिनेटमा इनिस बार्धीले पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७६ औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा इनिसले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २-२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
खेलको इन्जुरी समयमा रोबरले रातो कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा समेटिएको थियो ।
८० औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले रातो कार्ड पाएका थिए ।
यस बराबरीसँगै एट्लेटिको १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
लेभान्टे ६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २-० ले हराएको छ ।
रियल सोसिडाड २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।