काठमाडौं । इटालियन क्लब इन्टर मिलानका फरवार्ड लाउटरो मार्टिनेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इन्टरले बिहीबार फरवार्ड मार्टिनेजले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै मार्टिनेज सन् २०२६ सम्म इन्टरमा रहने छन् ।
२४ वर्षीय अर्जेन्टिनी फरवार्ड रेसिङबाट २०१८ मा इन्टर आएका थिए ।
मार्टिनेजको उत्कृष्ट प्रदर्शनमा गत सिजन इन्टरले सिरी ए को उपाधि जितेको थियो ।
उनले गत सिजन १७ लिग गोल गरेका थिए ।
यस सिजन उनले ९ खेलमा ५ गोल गरिसकेका छन् ।
