काठमाडौं । बार्सिलोनाले टिमको अन्तरिम प्रशिक्षकमा सेर्जी बार्जुआनलाई नियुक्त गरेको छ ।
बार्सिलोनाले बिहीबार सेर्जीलाई अन्तरिम प्रशिक्षक चयन गरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको दोस्रो दिन बार्सिलोनाले सेर्जीलाई अन्तरिम प्रशिक्षक बनाएको हो ।
स्पेनिस प्रशिक्षक सेर्जी यस अघि बार्सिलोनाको बी टिमको मुख्य प्रशिक्षक रहेका थिए।
४९ वर्षीय प्रशिक्षक सेर्जीको नेतृत्वमा टिमले प्रशिक्षण सुरु गरिसकेको समेत बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाले बुधबार डच प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको थियो ।
बार्सिलोनाले नियुक्त गरेको १४ महिना पछि नै कोम्यानलाई बर्खास्त गरेको हो ।
५८ वर्षीय कोम्यान २०२० को अगस्टमा बार्सिलोनाका मुख्य प्रशिक्षक चयन भएका थिए।