पहिलो हाफमा नेपाल ३-० ले पछाडी

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ताजिकिस्तानविरुद्ध ३-० ले पछि परेको छ ।
पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २-० ले अघि रह्यो ।
खेलको ४१ औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टिम पहिलो हाफमा ३-० ले अघि रह्यो ।
आज नेपाल पहिलो अंकको खोजीमा रहेको छ ।
छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।
ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।