काठमाडौं । सुनकोशी गाउँपालिका र बेदकोट नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सुनकोशीले धनकुटा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
सुनकोशीको जितमा रुबिना पहरीले दुई गोल गरिन् ।
अनु लामा र घिम कुमारी गुरुङले एक एक गोल गरिन् ।
धनकुटाकी रसिला राईले एक गोल फर्काईन् ।
अर्को खेलमा बेदकोटले बराहक्षेत्र नगरपालिकालाई ३-० ले हराएको छ ।
बेदकोटको जितमा निलम सिंहले दुई गोल गरिन् ।
सोभा क्षेत्रीले एक गोल गरिन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।