काठमाडौं । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ को समूह विभाजन सार्वजनिक भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार समूह विभाजन गरेको हो ।
एएफसीले एसियन कप खेल्ने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा आयोजक भारत, चीन, चाईनिज ताइपे र इरान रहेका छन् ।
समूह 'बी' मा अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसिया रहेका छन् ।
समूह 'सी' मा साविक विजेता जापान, दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन् ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
