काठमाडौं । एफई खुमलटार भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साइनिङ सन फुटबल एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै खुमलटारले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे ।
यस जितसँगै समूह डी को खुमलटारले २ खेलमा ६ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै खुमलटार नकआउट चरणमा पुगेको हो ।
पहिलो खेलमा खुमलटारले ललितपुर वार्ड नम्बर १४ लाई हराएको थियो ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।