काठमाडौं । काठमाडौं महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार काठमाडौंले सिमकोट गाउँपालिकालाई ९-० गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन् ।
सरस्वती आयरले ह्याट्रिक पूरा गरिन् । यस्तै गरिमा राई र मनिषा थापा मगरले एक एक गोल गरिन् ।
जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन ।
यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा स्थान बनाएको छ ।
रोङले २ खेलमा ४ अंक जोड्यो । तर, रोङ गोल अन्तरमा अघि रहदै नकआउट चरणमा पुगेको हो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।