काठमाडौं । इटालियन क्लब एसी मिलानका डिफेन्डर सिमोन केयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सेन्टर ब्याक सिमोनले २०२४ सम्म क्लबमा बस्नेगरि सम्झौता नवीकरण गरेका छन् ।
क्लबसँग उनको सम्झौता २०२२ को जुनसम्म रहेको थियो ।
डेनमार्कका कप्तान समेत रहेका सिमोन सेभियाबाट २०२० को जनवरीमा मिलान आएका हुन् ।
३२ वर्षीय सिमोनले मिलानका लागि ६६ खेल खेलिसकेका छन् ।
