काठमाडौं । बायर्न म्युनिख जर्मन कप फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाखसँग ५-० गोल अन्तरले पराजित हुँदै बायर्न बाहिरिएको हो ।
मोन्चेनग्लाडबाखलाई जित दिलाउन रामी बेन्सेबैनी र ब्रेल इम्बोलोले दुई दुई गोल गरे ।
काउडियो कोनेको नाममा एक गोल रह्यो ।

यस फराकिलो जितसँगै मोन्चेनग्लाडबाख जर्मन कपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बायर्नले सन् १९७८ पछि पहिलो पटक फराकिलो हार व्यहोरेको हो ।
