काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले एम्पोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा डानिलो डि'एम्ब्रेसियो र फेडेरिको डिमार्कोले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा डानिलोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा सामुएलले रातो कार्ड पाएपछि एम्पोली १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ६६ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसँगै इन्टरले १० खेलमा २१ अंक जोडेको छ ।
इन्टर तेस्रो स्थानमा रहेको छ । एम्पोली १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत नै रोमाले काग्लियारीलाई २-१ ले हराएको छ ।
यस्तै लाजियोले फियोरेन्टिनालाई १-० ले हराएको छ ।