काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो ।

बराबरीमा रोकिएपनि रियल शीर्ष स्थानमा रहेको छ ।
रियलले १० खेलमा २१ अंक जोडेको छ ।
ओसासुना १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।